Wednesday, January 18, 2017

माघ ५, २०७३- महोत्तरीमा एकीकृत नमूना बस्ती निर्माण अभियानमा रहेका कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई कृषि विकास बैंकले १५ लाख रुपैयाँ सहयोग गरेको छ ।
५० औं स्वर्ण जयन्तीको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले धुर्मुस–सुन्तली फाउण्डेसनका संस्थापक धुर्मुसलाई १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
कलाकार जोडीको मुनाफारहीत संस्था धुर्मुस–सुन्तली फाउण्डेसले काभ्रे र सिन्धुपाल्चोकमा दुइटा भूकम्पपीडितका लागि वस्ती निर्माण गरेपछि तराईको मुसहर वस्ती निर्माण सुरु गरेको हो ।
कार्यक्रममा कलाकार कट्टेलले मानवता र सदभावका लागि तराईमा तेस्रो वस्ती निर्माण सुरु गरेको जानकारी दिए ।